FAQs Complain Problems

Flash News

चैनपुरको हरियालि दृष्य

Read More

हरियालिको बीचमा रहेको सुन्दर मन्दिर

Read More

तोरी बारीको दृष्य

Read More

संक्षिप्त परिचय

नेपालको सबभन्दा सानो गाउँपालिकाको रुपमा परिचित परवानीपुर गाउँपालिका हो । परवानीपुर गाउँपालिका मधेस प्रदेशको बारा जिल्लाभित्र पर्छ । यस गाउँपालिकाको क्षेत्रफल १५.४८ वर्ग कि.मि. रहेको छ जुन नेपाल कै सबभन्दा कम क्षेत्रफल भएको गाउँपालिका हो । नेपालको जनगणना, २०७८ का अनुसार यहाँको जनसंख्या २४,७४५ रहेको छ जसमध्ये महिलाको संख्या ११,७०५ र पुरुषको संख्या १३,०४० रहेको छ भने ३९७२ घरधुरी बसोबास गर्दाछन्। जम्मा ५ वटा वडाहरु रहेको यस गाउँपालिकामा साबिकका गाउँ बिकास समितिहरु बहुअरी, लिपनीमाल, रामपुर टोकनी र बुनियाद समावेश रहेका छन्‌ । ५.४६ बर्ग किलोमिटर क्षेत्र भएको वडा न. १ (बुनियाद) मा ६१९६ जनसंख्या टोकनी सहित ३.९७ बर्ग किलोमिटर क्षेत्र भएको वडा न.२ मा ३५०५, लिपनीमाल सहित १.७६ बर्ग किलोमिटर क्षेत्र भएको वडा न. ३ मा ४४११, चैनपुर विर्तासहित १.५७ बर्ग किलोमिटर क्षेत्र भएको वडा न. ४ मा ५६५१ र बहुअरीसहित २.७२ बर्ग किलोमिटर क्षेत्र भएको वडा न. ५ मा ४९८२ जनसंख्याको बसोवास रहेको छ । यस गाउँपालिकाको केन्द्र वडा नं. ३ लिपनीमालमा रहेको छ।यस गाउँपालिकाको पूर्वमा बारा जिल्लाको प्रसौनी गाउँपालिका, पश्चिम र दक्षिणमा पर्साको जिल्लाको वीरगज महानगरपालिका र भने उत्तरमा जितपुरसिमरा उप-महानगरपालिका रहेको छ ।

 

कृषि प्रधान जिल्लाको रुपमा परिचित बारा भित्र पर्ने २ उप-महागनगरपालिका, ५ नगरपालिका र ९ वटा गाउँपालिका गरी १६ वटा स्थानीय तहका पालिकामध्ये परवानीपुर गाउँपालिका साँस्कृतिक, धर्मिक र सामुदायिक बिविधतायुक्त एउटा पालिका हो । जिल्लाको पश्चिममा रहेको यो गाउँपालिका पर्सा बारा औद्योगिक क्षेत्रको हिस्सा पनि हो । औद्योगिक हिसाबले यसले देशमैं महत्व राख्दछ । यहाँ कृषि, पशुपालन, माछापालनका साथै हाँस-कुखरा, परेवाजस्ता घरपालुवा पंछीपालनको आधारमा यहाँको परम्परागत आर्थिक ब्यवस्था रहेको पाइन्छ ।यस पालिकाका धेरै व्यक्तीले वडा नं. ३,४ र ५ मा बिभिन्न उद्योगहरुमा रोजगारी प्राप्त गरेका छन् ।साना ब्यवसाय, बैदेशिक रोजगारी तथा जागिरजस्ता ब्यवस्थित आर्थिक स्रोत पनि स्थानीयले अपनाएको पाइन्छ । धानबाली, गहुँबाली, दलहन, तेलहन, मकै र तरकारी यहाँका मुख्य कृषि उपज हुन ।

 

     

SuTRA__म.ले.प.फा.नं. २१० चौमासिक बिवरण

SuTRA 2077.078 को योजना तथा कार्यक्रम

Pages

जन प्रतिनिधि

पदाधिकारी